फाष्ट ट्रयाक बनाउने बारे रक्षामन्त्रालयमा बैठक

काठमाडौं, जेठ ११ ।
काठमाडौं तराई एक घण्टामा पुग्न सकिने ७६.२ किमी दूरीको दु्रतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो ।
बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई/मधेशका जनतालाई एक घण्टामा काठमाडौंका जनतासँग नजिस्क्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिबृद्धि हुने बताए ।
साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बताएका छन् ।
प्रतिक्रिया