प्रभु बैंक र भेनस हस्पिटलबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, भाद्र २७ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडाैं-११, मध्यबानेश्वरस्थित भेनस हस्पिटल (प्रा.) लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिष ढकाल र प्रभु बैंकका तर्फबाट वागमती प्रदेश क्षेत्र नं.-१ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापन-पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । सोही समारोहमा प्रभु बैंक लिमिटेड, बानेश्वर शाखा प्रमुख रचिता बिष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनिषा न्याैपाने समेतको उपस्थित रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिकअन्तर्गतका सेवाहरूमा ७% देखि १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
भेनस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूको लागि भेनस हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरूमार्फत् नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर-२०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ वटा शाखा कार्यालयहरू, २ सय ८६ वटा एटीएम मेसिनका साथै ६९ वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी बैंककाे रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेशन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भइसकेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया