प्रम दाहाललाई भारतीय प्रम मोदीको बधाई

काठमाडौं, जेठ १२ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहाललाई बिहीबार साँझ टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया