देश निर्माण युवा समाजद्वारा दाेलखामा निःशुल्क शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार १६:५३


काठमाडाैं, असाेज ७ ।
“देश निर्माण युवा समाज नेपाल Nation Building Youth Society Nepal” द्वारा यही असाेज ६ गते आइतबारका दिन दाेलखाकाे हिमाली भेगकाे अति दुर्गम जिल्ला बिगु गाउँपालिका, खाेपाचागुमा रहेकाे श्री हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत् सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क स्कूल ब्याग, शैक्षिक सामाग्री, खेलकुद सामाग्री, निःशुल्क स्वास्थ्य शिविर तथा मनाेपरामर्शलगायत विद्यार्थीहरूलाई चेतनामूलक बाल चलचित्र “ऐना झ्यालकाे पुतली” समेत प्रदर्शन गरी भव्य रूपमा सम्पन्न गरेकाे छ ।

संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’काे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा सभापति समाजसेवी एवं ज्येष्ठ नागरिक टेकबहादुर बुढाथाेकी रहेका थिए भने कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी रहेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शिशिरले आजकाे याे कार्यक्रम हाम्राे लागि एकदमै गाैरवान्वित र सम्झना लायक कार्यक्रम रहेकाे बताउँदै उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै भने, एकतामा म पनि यसै स्कूलका छात्र रहेकाे र आफूले यही स्कूलबाट शिक्षा हासिल गरेकाे बताउँदै शिक्षा र स्वास्थ्य जस्ता विषयमा कहिँल्यै पनि राजनीतिकरण गर्न नहुने बताउँदै सबैले पढाईमा राम्राेसँग ध्यान दिएकाे बढेकाे खण्डमा बाेर्डिङ स्कूलभन्दा राम्राे शिक्षा हासिल गर्न सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथी देविका थामीले आफ्नाे मन्तव्य राख्ने क्रममा आजकाे याे कार्यक्रमकाे आयाेजना गरेकाेमा गर्व महशुस भएकाे बताउँदै देश निर्माण युवा समाज नेपालका अध्यक्ष शिशिरलाई हार्दिक बधाई दिँदै यस्ताे कार्यक्रम आयाेजना गर्नु जाे पायाे त्यसले गर्छु भन्दैमा सम्भव नभएकाे र यसकाे लागि धैर्यता र लगन अनि लगावकाे अति आवश्यक रहेकाे बताउँदै यसबाट हामीले पाठ सिक्नु पर्ने बताएकी छन् ।

कार्यक्रममा अतिथीकाे रूपमा क्रमशः श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बुढाथाेकी, बिगु गाउँपालिका वडा नं.-८ का वडाध्यक्ष हिराबहादुर थामी, वडा सदस्यहरू क्रमशः भरतकुमार श्रेष्ठ, सुमन सिं घिसिङ्ग, सानी विक, खाेपाचागु स्वास्थ्य संस्था इञ्चार्ज तथा वडा सचिव लिला थामी, छिमेकी विद्यालय श्री कालिञ्चाेक माध्यमिक विद्यालय खाेपाचागुका प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डे,  जमुना आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कार्की, श्री हिमालय माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीलगायत रहेका थिए ।

कार्यक्रममा विद्यालयकाे तर्फबाट स्वागत नृत्यलगायत विभिन्न नृत्यहरू समेत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रम सञ्चालन संस्थाका प्रवक्ता दिनेश शिल्पकार र शिखा बुढाथाेकीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।








प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....