युवा साहित्यकार शिशिरकाे दाेश्राे गजल संग्रह “ममताकाे तरङ्ग” सामूहिक रूपमा लाेकार्पण (फाेटाेफिचर र भिडियाेसहित)

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार १७:३४


काठमाडाैं, असाेज ७ ।
युवा साहित्यकार खेमबहादुर बुढाथाेकी ‘शिशिर’काे दाेश्राे गजल संग्रह “ममताकाे तरङ्ग” असाेज ७ गते आइतबार दाेलखाकाे बिगु गाउँपालिका खाेपाचागुस्थित श्री हिमालय माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमकाे आयाेजना गरी सामूहिक रूपमा लाेकार्पण गरिएकाे छ ।

उक्त कार्यक्रममा साहित्यकार एवं “देश निर्माण युवा समाज नेपाल Nation Building Youth Society Nepal” का संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’काे अध्यक्षतामा भएकाे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी, सभापति ज्येष्ठ नागरिक एवं समाजसेवी टेकबहादुर बुढाथाेकी, बिगु गाउँपालिका वडा नं.-८ का वडाध्यक्ष हिराबहादुर थामी, वडा सदस्यहरू भरतकुमार श्रेष्ठ, सुमन सिं घिसिङ्ग, महिला वडा सदस्य सानी विक, श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधानलगायतले सामूहिक रूपमा उक्त गजल संग्रह “ममताकाे तरङ्ग” लाेकार्पण गरिएकाे थियाे ।

लाेकार्पण कार्यक्रमकाे माहाैल निकै तातिएकाे थियाे कारण थियाे, गजलकार शिशिर बुढाथाेकीलाई लाेकार्पण हुन केही सेकेण्ड मात्र बाँकी रहँदा उनलाई उचालेर घुमाउँदै नयाँ पन र नयाँ शैलीले संयुक्त रूपमा लाेकार्पण गरिएकाे थियाे भने दर्शक दीर्घाबाट ठूलाे तालीले उनलाई बधाई तथा शुभकामनाकाे सन्देशसमेत दिएका थिए ।

साहित्यकार शिशिर बुढाथाेकीले अन्त्यमा लाेकार्पण गरिएकाे गजल संग्रहबाट केही गजलसमेत पढेर दर्शकहरूलाई मनाेरञ्जन प्रदान गरिएकाे थियाे । साहित्यकार शिशिरकाे पहिलाे गजल संग्रह “मुटुभित्र देश रुँदा” मलेशियाबाट वि.सं. २०६७ सालमा प्रकाशन भएकाे थियाे ।






भिडियाेकाे लागि याे लिङ्क क्लिक गर्नुहाेस् ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....