कुमारी बैंकद्वारा गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार १३:५८


काठमाडौं, असोज ८ ।
युसएड साझेदारीमा “देशैभरी वर्षै भरी” उद्यमशीलता विकास एवं प्रबद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले काठमाडौंको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरूलाई प्रशिक्षण सम्पन्न गरेको छ ।

वित्तीय ज्ञान, शीप, मनोवृद्धि तथा व्यावहार विकासबाट मात्रै व्यावहारीक रूपमा उद्यमशीलता प्रबद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रबद्र्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १४ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत बैंकले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....