प्रम दाहाललाई तत्काल निर्वाचनको मिति घोषणा गर्न नेता नेपालको सुझाव

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार १५:४२


काठमाडौं, माघ २२ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन गरेर राष्ट्रिय दायित्व पूरा गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको आज उद्घाटन गर्दै उनले निर्वाचन नै अहिलेको प्रमुख आवश्यकता भएकाले तत्काल मिति घोषणा गर्न सुझाएका हुन् ।

देशका लागि उच्च राजनीतिक संस्कार आवश्यक रहेकाले सरकार निर्वाचन गर्न बाधक बन्न नहुने उनको भनाई थियो । वरिष्ठ नेता नेपालले निर्वाचन घोषणा गरेपछि को–को सहभागी हुन्छन् भन्ने कुरा गौण भएको बताए ।

कार्यक्रममा प्रेस चौतारीका संस्थापक प्रदीप नेपाल, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलगायतले प्रेस स्वतन्त्रताबारे आ–आफ्नो धारणा राखेको स्थापना दिवसका अवसरमा प्रेस चौतारीले प्रदीप नेपाल, गोपाल थपलियालगायतलाई सम्मान गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....