निर्मलराज पौडेलको “बडा दशैँ बडा दशैँ, हर्षको आगमन” गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार १८:३९


काठमाडौं, असोज १० ।
नेपालीहरूको महान् चाड दशैभ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र शहर बजारतिर दशैँका गीत पनि घन्किन थालिसकेका छन् । यसै क्रममा गीतकार एवं एड् गुरु निर्मलराज पौडेलको “बडा दशैँ बडा दशैँ, हर्षको आगमन” नामक दशैँको गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।

वेलकम एभी प्रोडक्सनले तयार पारेको उक्त म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने, कोरियोग्राफी दिपिका थापाले गरेकी छन् । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, “विगत १०/१५ वर्ष अगाडिसम्म पनि बडा दशैँको रौनक, खुशियालीको माहौल देखिने गर्दथ्यो, तर आज भोलि सबै हराउँदै गएको महशुस हुन थालेको छ । त्यसैकारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरूलाई हाम्रा सन्ततिहरूले पनि थाहा पाउन्, महशुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौँ ।” गीतमा नेपालीहरूले दशैँ मनाउने शैली, परम्परालगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारीक विषयलाई समेटिएको छ । यसअघि, पौडेलको तीज गीत पनि सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....