भरतपुरमा ज्ञवालीलाई पछ्याउँदै दाहाल, कति छ अन्तर ? (अपडेट)

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १०:२९


चितवन, जेठ १२ ।
भरतपुर महानगरपालिकामा दिनरात निरन्तर रूपमा मतगणना जारी रहँदा पनि मतगणना कार्य अझै सकिएको छैन ।

पछिल्लो पटक सार्वजनिक गरिएको मत परिणामअनुसार नेकपा एमालेकातर्फबाट मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ३४ हजार सात सय ६८ मतका साथ अग्रस्थानमै कायम रहेका छन् भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवारी दिएकी रेणु दाहालले ३३ हजार एक सय ४१ मतसहित पछ्याइरहेकी छन् । यो मत परिणामअनुसार दाहाल एक हजार छ सय २७ मत अन्तरले मात्र पछि परेकी छन् ।

वडा नम्बर १६ को दुई हजार पाँच सय ६२ मत गणना हुँदासम्म उपमेयरमा कांग्रेसकी पार्वती शाह ३६ हजार तीन सय आठ मतसहित अगाडि रहेकी छन् भने उनलाई पछ्याइरहेकी एमालेकी दिब्या शर्माले ३० हजार नौ सय ९९ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....