पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख र उप–प्रमुखमा एमाले विजयी

पोखरा, जेठ १२ ।
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार एक सय १८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार चार सय १६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महानगरको उप–प्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार चार सय ४८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार तीन सय ३८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया