स्थानीय तहको निर्वाचन तीन चरणमा

काठमाडौं, जेठ १२ ।
नेपाल सरकारले थप गरेका २२ वटा स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । जेठ ३१ का लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको छ ।
आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले दिएको जानकारीअनुसार जेठ १५, १६ मा निर्वाचन अधिकृतको कार्यालय खोलिसक्ने कार्यसूची रहेको छ । निर्वाचन अधिकृतको कार्यालय खोल्नुअघिसम्म सबै मतदाताको नामावली आवश्यक पर्ने शर्माले जनाएको छ । अहिले थपिएका २२ वटा स्थानीय तहमा वडाको सिमानाबारे नै प्रस्ट नभएकाले झनै समस्या भएको छ ।
‘मतदाता परिचयपत्रमा ठेगाना परिवर्तन गरी पुनः छाप्नुपर्ने हुन्छ, निर्वाचन अधिकृतको कार्यालय खोल्ने जेठ १५, १६ पछाडि सम्म सम्भव नै छैन,’ शर्माले नयाँ पत्रिकासँग भने । मतदाता नामावली मिलाउनै कम्तीमा १५ दिन लाग्ने आयोगको भनाइ रहेको छ ।
आयोगले थपिएका स्थानीय तहमा १५ र १६ जेठभित्र निर्वाचन अधिकृत पठाउन सम्भव नभएको दाबी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका मा छ ।
प्रतिक्रिया