स्थानीय तहको चुनाव बिथोल्ने गरी राजपा आन्दोलनमा

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १४:०६


काठमाडौं, जेठ १२ ।
संविधान संशोधनको माग राखेर राजपाले स्थानीय तह दोश्रो चरणको निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै उक्त पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ ।

भोलिदेखि निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने एवं जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

दोस्रो चरणमा ४ वटा प्रदेशमा निर्वाचन हुन बाँकी छ । निर्वाचन हुन बाँकी मध्ये मधेसवादी दलको पकड मानिने २ नम्बर प्रदेश रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....