पहिलो चरणको स्थानीय चुनावमा माओवादी केन्द्रको नैतिक जित : प्रवक्ता भुषाल

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १४:२७


भक्तपुर, जेठ १२ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् प्रभावशाली नेतृ पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार माओवादी केन्द्रले जित हासिल गर्न नसकेको बताएकी छन् ।

रफत सञ्चार क्लब भक्तपरको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यो निर्वाचनमा माओवादी केन्द्र तेस्रो भए पनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताउँदै हार र जित स्वभाविक भए पनि माओवादी केन्द्रको एजेण्डा सफल भएको र नैतिक जित भएको धारणा राखिइन् ।

उनले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएको कारण यस विषयमा टीका टिप्पणी गरी आचारसंहिता विपरित भन्नु अर्थहिन हुने बताइन् ।

उनले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने र यहि गठबन्धनको सरकारले निरन्तरता पाउने दाबीसमेत गरिन् ।

भरतपुर महानगरपालिकालाई जोडेर प्रधानमन्त्रीले राजीनामा दिएको  भन्ने हल्ला आधारहिन भएको भन्दै उनले रेणु दाहालले आफ्नो राजनीतिक कर्मअनुसार नै टिकट पाएको बताइन् ।

उनले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरू समेत सहभागी हुने बताएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....