साफ फुटबलको फाइनलमा नेपाली महिला टीमलाई गरिमा विकास बैंकद्वारा प्रति गोल रु. १ लाख पुरस्कार

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार १४:३९


काठमाडौं, कार्तिक १४ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडले आज कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनशीप–२०२४ पुटबलको फाइनल खेलमा नेपाली टीमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टीमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टीमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रबद्र्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा आफ्नो केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ वटासहित देशभर १ सय २३ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मेशिनमार्फत् ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, साँस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रबद्र्धनमा सहयोग गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....