नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकाली शैक्षिक हड्तालकाे घाेषणा

प्रकाशित मिति: २३ चैत्र २०८१, आईतवार १०:०७


काठमाडाैं, चैत २४ ।
काठमाडाैं केन्द्रित आन्दोलन गरिरहेकाे नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।

महासंघले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भाेलि सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा परिक्षाको नतिजा प्रकाशनलगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

सरकारसँग विभिन्न मागहरू राख्दै आएको महासंघले माघ २० गतेबाट आन्दोलन सुरु गरेका हुन् । महासंघले चैत २० गतेदेखि काठमाडाैं केन्द्रित सडक आन्दोलनमा रहेकाे छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक/कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन सरकारलाई दवाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ ।

देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक आन्दोनलमा सहभागी हुन अनिवार्य रूपमा सहभागिता जनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन र यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यववस्थापन समितिलगायत सबै शैक्षिक सरोकार पक्षहरूसँग आग्रह गर्दछौँ ।’


प्रतिक्रिया

ताजा खबर

More

वरिष्ठ पत्रकार रिसालको निधन, शरीर पाटन अस्पताललाई दान दिने निर्णय

काठमाडाैं, चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार.....