नेमकिपा आचारसंहिता विपरीत गठन हुने नयाँ सरकारमा नजाने : बिजुक्छे

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १६:१२


भक्तपुर, जेठ १२।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् ।

भक्तपुरको इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने भनेका छन् ।अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरूप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा समेत विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

उप–प्रमुख रजनी जोशीलगायत नगरका १० वटा वडाका वडा अध्यक्षहरूले भक्तपुर नगरलाई समृद्ध नगर बनाउन एकजुट भएर लाग्ने बताएका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त मारिकुले भक्तपुर नगरभित्र स्वास्थ्य संस्थाको विस्तारमा पनि जनप्रतिनिधिले ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....