पिकअप भ्यान दुर्घटना, चालकसहित पाँच जनाकाे मृत्यु, एक जनाकाे जीवितै उद्धार

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार १०:११


काठमाडाैं, कार्तिक २६ ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजारतर्फ जाँदै गरेको पिकअप भ्यान जैमिनी-७ जैदीको व्यार्थलानजिकै आज साेमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

ग. २ च ९२४७ पिकअप भ्यान सडकदेखि करिक एक सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिएका छन् ।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन । पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....