एनवाईईएफ कनेक्ट शुभारम्भ, देशका युवा उद्यमीलाई जोड्ने लक्ष्य

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार १७:४४


काठमाडौं, कार्तिक २६ ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कार्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्मको शुभारम्भ गरेको छ । सदस्यतामा आधारित उक्त प्लेटफर्मको उद्देश्य फरक-फरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरूको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरूलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमी माझ सहकार्य र अवसर प्रबर्द्धन गर्नु नै मुख्य उद्देश्य रहेको थियो ।

एनवाईईएफ कनेक्टको लक्ष्य श्रोत, सञ्जाल र ज्ञान आदान-प्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरूलाई सशक्तिकरण गर्नु र दीगो प्रगति प्रबर्द्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई हौसला दिनु हो ।

प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथीको रूपमा सहभागी रहेका थिए ।

समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति/पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरूको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेशनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत १ सय १० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो ।

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदान-प्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रूपान्तरणकारी प्लेटफर्मको रूपमा रहेको थियो ।

यो प्लेटफर्म उद्यमीहरूलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदान-प्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दीगो विकास प्रबर्द्धन गर्न प्रतिबद्ध रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अमेरिका पठाइदिने प्रलाेभनमा पारेर ठगी अभियाेगमा फिल्मकर्मी ऋचा घिमिरे र उनका पतिविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैं, कार्तिक २८ । फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा.....