हिन्दु अधिराज्य र सनातन धर्मसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार २०:०३


काठमाडाैं, कार्तिक ३० ।
दर्जनौँ धार्मिक संघ-संस्थाहरूलाई समन्वय गर्ने उद्देश्यले आयोजित हिन्दु अधिराज्य र सनातन धर्मसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा आज शुक्रबार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रम काठमाडाैं महानगरपालिकाकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो ।

स्वामी चतुर्भुजाचार्य महाराजको  प्रमुख आतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा. गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थियाे । कार्यक्रममा बोल्ने वक्ताहरूले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ, संस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

धर्म र संस्कृति देशको परिचय हुनुका साथै सम्पत्ति भएको जिकिर गर्दै त्यसको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको एक विज्ञप्तिमार्फत् परिषद्ले अपिलसमेत गरेको छ ।




प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....