कीर्तिपुरकाे मेयरमा तेश्राे लिङ्गी महिला उम्मेदवार, शनिबार पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार ००:१४


काठमाडाैं, मंसिर १ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मंसिर १६ गते हुन गइरहेकाे स्थानीय तहको उपनिर्वाचनमा २ जना तेश्राे लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं.-४ को अध्यक्षमा तेश्राे लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रबार प्रदान गरेको हाे ।

जसपा नेपालले अरू राजनीतिक दलहरूलाई चक्मा दिँदै तेश्राे लिङ्गी उम्मेदवारलाई मैदानमा उतार्ने निर्णय गरेको जनाएको छ । तेश्राे लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन् ।

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले केन्द्रीय सदस्य सन्तोष सिलवाल, काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोश्राे पटक भएको मिस्टर गे हेन्डसमका उपाधी बिजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरेका थिए ।

जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले आज शनिबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिबार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए । हनि तेश्राे लिङ्गी पथप्रदर्शक पनि हुन् । उनी पर्यटक गाइडसमेत गर्छिन् ।

कीर्तिपुरमा हनि तेश्राे लिङ्गीसँगै टुरिस्ट गाइडले पनि परिचित छन् । मौनी तेश्राे लिङ्गी मोडलको रूपमा परिचित बन्दै गएकी छन् । हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....