भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु, १६ घाइते

एजेन्सी, मंसिर १ ।
भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ भने सोही आगलागीमा परी १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो । परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौड्न थालेपछि भागदौड मच्चिएको थियो ।
अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल उद्धार गरिएको छ । दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए ।
झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन् । यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै यसलाई दु:खद् र हृदयविदारक भनेका छन् ।
प्रतिक्रिया