रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडाैंमा पनि पक्राउ पुर्जी जारी

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार १७:४९


काठमाडाैं, मंसिर २ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

काठमाडाैंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले आज आइतबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो ।

यसअघि, यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् ।

यो सहकारी ठगी प्रकरणमा ६ सय ४५ जना बचतकर्ताहरूले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....