कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार १२:४३


काठमाडौं, मंसिर ३ ।
नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य पुनः बढेको छ । आइतबार प्रति तोला एक सय रुपैयाँले घटेको सुनको मूल्य यसदिन प्रति तोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रति तोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....