झाक्री प्रकाश भुजेल र मृत्यु भएका दम्पतीकाे परिवारबीच सहमतिपश्चात् शव उठाउँदै

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार १४:११


काठमाडाैं, मंसिर ३ ।
झाक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्याण्ड क्रुजर जीपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबीच सहमति भएको छ ।

कार्तिक २८ गते काठमाडौंको शंखरापुर नगरपालिका-९ स्थित ब्रम्हखेलमा झाक्रीले चलाएको जीपले ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । मृतक परिवार र भुजेल पक्षको बीचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्पतालबाट शव लगेर दाहसंस्कार गर्न दुबै पक्षबीच सहमत भएका छन्, आर्थिक विषयमा हामीलाई जानकारी भएन ।’

दुर्घटनापछि झाक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

झाक्रीले चलाएको बा. १९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार वागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....