नेपालकाे राष्ट्रिय र माैलिक सम्वत् नै नेपाल सम्वत् : राष्ट्रपति पाैडेल

काठमाडाैं, मंसिर ४ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय र मौलिक सम्वत् नै नेपाल सम्वत् भएको बताएका छन् ।
आज मंगलबार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले साे कुरा बताएका हुन् ।
उनले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक साँस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आएको नेपाल सम्वत् नेपालको राष्ट्रिय र मौलिक सम्वत् भएको बताउँदै उनले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र सम्वत् भनेकै नेपाल सम्वत् भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएकोमा जाेडसमेत दिएका छन् ।
राष्ट्रपति पौडेलले बहुभाषिक, बहु साँस्कृतिक र बुहजातीय मुलुक नेपालको संस्कृति विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल सम्वत्को भूमिका महत्त्वपूर्ण रहेको धारणा राख्दै उनले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामीप्य रहँदै आएको नेपाल सम्वत्को आरम्भ गर्ने शंखधर साख्वाः लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको बताए ।
उनले नेपाल सम्वत्को ऐतिहासिक सम्बन्धित कर्म गाथा आफैँमा गरिमामय रहेको उल्लेख गरे । उनले लिच्छवीकालीन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालीन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वाःले आफ्नै सम्पत्तिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल सम्वत् स्थापना गरेको उपलक्ष्यमा सम्वत्को प्रारम्भ भएको बताएका छन् ।
उनले शंखधर साख्वाःले स्थापना गर्नुभएको लोक कल्याणकारी कार्य तत्कालीन समाजको लागि क्रान्तिकारी कदम भएको उल्लेख गरे । उनले शंखधरको यो कदम आजका दिन पनि सबैका लागि प्रेरणादायी रहेकोमा जाेडसमेत दिएका छन् ।
प्रतिक्रिया