आफू अन्डर कभर एजेन्ट भन्दै फाेन गरी रकम माग गर्ने ३२ वर्षीय डा. काठमाडाैंकाे शंखमूलबाट पक्राउ

काठमाडाैं, मंसिर ६ ।
प्रहरीले ह्वाट्स एपमार्फत् आफू आपराधिक गिरोहको अन्डर कभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका-११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
उनले भने, “पक्राउ परेका दाहालले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिहरूलाई ह्वाट्स एपमार्फत् आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाउँबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु. ५० हजारदेखि रु. २ लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौंस्थित शंखमूलबाट पक्राउ गरिएको हो ।”
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
प्रतिक्रिया