कीर्तिपुर केन्द्रबिन्दु भएर २ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पको धक्का

काठमाडाैं, मंसिर ६ ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।
आज बिहीबार राति १० बजेर ४६ मिनेटको समयमा आवाजसहित भूकम्प महशुस गरिएको हो ।
उक्त भूकम्पकाे धक्का काठमाडाैं र ललितपुरलगायत आसपासका क्षेत्रमासमेत महशुस गरिएकाे थियाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचाैरकाअनुसार उक्त भूकम्प कीर्तिपुर केन्द्रबिन्दु भएर २ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
याे भूकम्पसँगै आज मात्रै दुई वटा भूकम्प गएकाे छ । याेभन्दा अगाडि अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको थियाे ।
प्रतिक्रिया