मंसिर ९ गते आइतबारदेखि धरहरा पुनः सःशुल्क रूपमा सञ्चालन

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार १७:४९


काठमाडाैं, मंसिर ७ ।
धरहरा सञ्चालन भएकाे केही समय नबित्दै चढ्न निषेध गरेकाे धरहरा पुनः ९ मंसिर गते आइतबारदेखि सःशुल्क सञ्‍चालनमा आउने भएको छ । मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्षमुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णयसमेत भएको छ । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहराको टुप्पो पुर्‍याउने लिफ्ट दुई महिनामै बिग्रिएको थियो । बिना तयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो केही दिनका लागि बन्द गरिएकाे थियो  ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....