गरिमा विकास बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित “गरिमा राेड रेस कम्पिटिशन-२०८१” सम्पन्न

प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार १६:०४


काठमाडौं, मंसिर ८ ।
“स्वस्थ जीवन शैली”का लागि खेलकुुद भन्ने नाराका साथ नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा आज मंसिर ८ गते शनिबारका दिन आयोजित Road Race Competition-2081 सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताका प्रमुख अतिथीका रूपमा कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको Road Race Competition को खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कूल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुल्लातर्फको १० कि.मि. दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायण गोपाल चोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेश चोकमा पुगि पुनः लाजिम्पाट, काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेटतर्फको ५ कि.मि. दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायण गोपाल चोक पुगि पुनः लाजिम्पाट काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

कूल ६ सय ५० जनाभन्दा बढी धावकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरूलाई क्रमशः रु. ७५,०००/-, रु. ६०,०००/-, रु. ४५,०००/-, रु. ३०,०००/- र रु. १५,०००/- नगद पुरस्कार, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो ।

गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवन शैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।

कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ कि.मि. र १० कि.मि. दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।

साथै, विकास बैंकले मिति २०८१ कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनशीप २०२४ फुटबलको फाईनल खेलमा नेपाली महिला फुटबल टीमलाई बंगलादेशको टीम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टीमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु. १ लाख नगद पुरस्कारसमेत आजै आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ, राष्ट्रिय महिला फुटबल टीमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।

गरिमा विकास बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको च्यबम च्बअभ प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

विकास बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरूसहित स्थापनादेखि हालसम्मको गरिमामय यात्रामा निरन्तर साथ दिनु हुने सेवाग्राही, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरू प्रति बैंकले एक प्रेस विज्ञप्ति जारी गरी सम्पूर्णमा हार्दिक कृतज्ञतासमेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे तीन अलग-अलग स्थानमा तीन जनाकाे शव फेला

काठमाडाैं, मंसिर ८ । काठमाडौंका विभिन्न क्षेत्रमा आज शनिबार मात्रै तीन जनाकाे शव फेला परेकाे.....

मनकामना केवुलकार २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश

काठमाडौं, मंसिर ८ । माता मनकामनाको.....