दाहालले गरिन् सुधार : भरतपुर महानगरमा विवाद पश्चात् मतगणना स्थगित

भरतपुर, जेठ १३ ।
भरतपुर महानगरपालिकाको मतगणना अहिले तत्काललाई स्थगित गरिएको छ । वडा नं. १७ मा मतगणना जारी रहँदा अर्धकट्टीसहितको मतपत्रहरू एकाएक फेला पर्न थालेपछि दलहरूबीच विवाद उत्पन्न भएको छ ।
अहिले दलहरूबीचको विवाद मिलाउन सर्वदलीय बैठक बसिरहेको छ ।
यसैबीच, भरतपुरको महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयरमा माओवादी केन्द्र र एमालेबीच मात्र १६०० को मतान्तर देखिएको छ ।
जसमा अहिलेसम्म एकालेका देवी ज्ञवालीले ३७ हजार एक सय १८ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ३५ हजार पाँच सय १८ प्राप्त गर्दै पछ्याइरहेकी छन् ।
प्रतिक्रिया