मृत्युपश्चात् अंग दान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयाेग

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार १०:०९


काठमाडाैं, मंसिर १० ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् शरीरका अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंग दान गर्ने व्यक्तिको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मन्त्रिस्तरीय निर्णय गरेका हुन् ।

यसअघि, मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ मात्रै दिने व्यवस्था रहेकाे थियो । आइतबार मन्त्रिस्तरीय निर्णयबाट दाताका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि, अंग दान गर्ने व्यक्तिका परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत् एक लाख रुपैयाँ दिने व्यवस्था रहँदै आएकाे थियो । मृत्युपश्चात् खेर जाने अंग दान गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले दाताको परिवारलाई दुई लाख दिने निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्राेतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जानकारी दिए । उनले मन्त्रालयको आन्तरिक श्राेतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय भएको बताएका छन् ।

नेपालमा एक हजार मिर्गौला रोगका बिरामी र ५५ जना कलेजोका बिरामी अंग दाताको प्रतिक्षामा रहेका छन् ।

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंग दान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अंग दान गर्न पाउने व्यवस्था भने रहेकाे छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....