सोमबार परिसूचकमा दोहोरो अंकले सुधार

काठमाडौं, मंसिर १० ।
यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सोमबार भने दोहोरो अंकले सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर २ हजार ६ सय ८३ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता शेयर ६५ हजार ८ सय २४ पटक किनबेच हुँदा रु. ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फण्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै वित्त समूह २ दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ्ग शून्य दशमलव ११, विकास बैंक १ दशमलव २१, होटल तथा पर्यटन १ दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह १ दशमलव ०५ प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया