नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय वर्कशपमा आगलागी

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार ११:१९


काठमाडाैं, मंसिर १३ ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कशपमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका-५ भैरवरोडमा पुरानो सामान राखेको वर्कशपमा गएराति अचानक आगलागी भएको हो ।

नेपाल प्रहरी, हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दमकलको सहयोगमा करिब एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी रहेको र आगलागीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....