(अपडेट) भरतपुरको स्थगित मतगणना सुचारु, दाहाल र ज्ञवालीबीच मत अन्तरमा सुधार

भरतपुर, जेठ १३ ।
भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु गरिएको छ । यसअघि १७ नम्बर वडामा अर्धकट्टी भेटिएपछि स्थगित हुन पुगेको थियो । मतगणनामा करिब एक सय २५ मतपत्र अर्धकट्टी भेटिएको थियो । त्यसपछि तत्कालै सर्वदलीय बैठक बसी रुजु गरेर विवाद साम्यपछि मतगणना सुचारु गरिएको हो । भेटिएको अर्धकट्टीमा सूर्यमा छाप लगाइएको थियो ।
यसैबीच, भरतपुरको महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयरमा माओवादी केन्द्र र एमालेबीच मात्र १६०० को मतान्तर देखिएको छ ।
जसमा अहिलेसम्म एकालेका देवी ज्ञवालीले ३७ हजार एक सय १८ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ३५ हजार पाँच सय १८ प्राप्त गर्दै पछ्याइरहेकी छन् ।
प्रतिक्रिया