काठमाडाैंबाट रामेछाप गइरहेकाे फाेर्स गाडी दुर्घटना, आमा-छाेरीसहित पाँचकाे घटनास्थलमै मृत्यु

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार १५:२५


काठमाडाैं, मंसिर १४ ।
काठमाडौंबाट रामेछापको बेतालीतर्फ गइरहेको फोर्स गाडी आज शुक्रबार दिउँसाे दुर्घटना हुँदा कम्तीमा पनि पाँच जनाको मृत्यु भएको छ ।

रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर-६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुन पुगेकाे हो । १४ जनाको सिट क्षमता भएको सो गाडीमा ८ जना सवार रहेको र ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगङ्गा गाउँपालिका-६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तल खसेको थियो ।

प्रहरीकाअनुसार गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।

त्यस्तै, जिपका चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । मन्थली नगरपालिका-१० का ३५ वर्षीय चालक हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा आमा-छोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगङ्गा गाउँपालिका-५ का ३० वर्षीया कविता कार्की र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

काठमाडाैं, मंसिर १४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी.....