रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार १९:१०


काठमाडाैं, मंसिर १४ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसँग साढे ६ घण्टा लामो बयान लिएर आज शुक्रबारको बयान सकिएको छ ।

जिल्ला सहकारी वकीलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान दिउँसो साढे ३ बजे सकिएको थियाे ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार पाेखराबाट काठमाडौं ल्याइएको थियो ।

कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि भनेर म्याद थपिसकेको छ ।


यसैबीच, यता कोशी प्रदेशका पूर्वमन्त्री लीला बल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको जाेडदार माग रहेकाे छ ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कार्तिकमा जापान उडेका थिए । उनीसँगै जापान गएका ४ जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।

डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई कार्तिक २६ गते पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासत मुक्त गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछानेसँग ६ घण्टा बयान अर्काेतर्फ पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय

काठमाडाैं, मंसिर १४ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी.....