पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि

प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार २०:४७


काठमाडौं, मंसिर १५ ।
नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दीपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्ने भएको छ ।

निगमले हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर मूल्य निर्धारण गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....