चक्रवात “फेनजल” को आंशिक प्रभाव, हिमपातको सम्भावना

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार ०७:४१


काठमाडौं, मंसिर १७ ।
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।

जसको कारण तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज, राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....