काठमाडाैंकाे पशुपति क्षेत्रकाे सडक पेटीमा एक महिला मृत अवस्थामा फेला

काठमाडाैं, मंसिर १७ ।
काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकाे छ ।
प्रहरीकाअनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकाे हाे । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।
मृतक महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया