कामपा वडा १६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर साहद्वारा शपथ ग्रहण

काठमाडाैं, मंसिर १८ ।
गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिका वडा नं.-१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन साहले शपथ ग्रहण गराएका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।
रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।
काठमाडौं-१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।
प्रतिक्रिया