नेकपा (एस)काे स्थायी कमिटी बैठक मंसिर २६ र २७ बस्दै

काठमाडाैं, मंसिर १९ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्यविभाजनकाे टुङ्गो लगाउन स्थायी कमिटी बैठक आह्वान गरेका छन् ।
अध्यक्ष नेपालले यही मंसिर २६ र २७ गते बुधबार र बिहीबार बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।
‘बैठकको मुख्य एजेण्डा नेताहरूको कार्यविभाजन रहेको छ । अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुनेछ,’ भट्टराईले भने ।
गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले ५ महिना बित्दा पनि नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोक्ने तयारीसमेत रहेकाे छ ।
प्रतिक्रिया