मध्यराति जीप दुर्घटना हुँदा दुई युवाको मृत्यु

प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार ०९:११


काठमाडाैं, मंसिर २० ।
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३-०१-०२ च ४७१९ नम्बरको बोलेरो जीप गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिए ।

उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-८ का कमल चौधरी घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....