मध्यराति काठमाडौंको ओमबहालस्थित झोछेँको एक रेष्टुरेन्टमा आगलागी

प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार ०७:०२


काठमाडाैं, मंसिर २२ ।
काठमाडौंको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोछेँ गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराति आगलागी भएको छ ।

ओमबहाल झोछेँ गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौँ तलामा रहेको किचेनबाट आगो सल्किएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । घटनास्थल पुगेका उत्यका प्रहरीका असई रूपक घिमिरेले बारुण यन्त्रको सहायताले आगो निभाइसकेको र थप क्षति हुनबाट जोगिएको बताए ।

मध्यराति लागेको आगो १ नबज्दै नियन्त्रणमा ल्याइएको उनको भनाई छ । किचेनमा ग्याँस लिक भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन भइनसकेको घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....