काठमाडाैंकाे कागेश्वरीमा स्कुटर चढेर आएकी महिलाले आफ्नै शरीरमा आगाे लगाएपछि…

प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार १३:०२


काठमाडाैं, मंसिर २९ ।
काठमाडौंको कागेश्वरी मनोहरा-८ मा आज शनिबार एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छन् ।

शनिबार दिउँसो १२ बजे कागेश्वरीको वागमती करिडोर किराँत चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताएका छन् ।

एसपी अधिकारीले दिएकाे जानकारीअनुसार उनी बा. ३५ प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । शरीरमा आगो लगाएपछि प्रहरीको टोलीले महिलालाई तत्काल उद्दार गरेर साँखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्‍याएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....