भक्तपुरमा माेटरसाइकलले ठक्कर दिँदा ९० वर्षीय वृद्धकाे मृत्यु, ४४ वर्षीय श्रेष्ठ पक्राउ

काठमाडाैं, मंसिर ३० ।
मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा. ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज आइतबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा रामेछाप दोरम्बा गाउँंपालिका-४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् ।
मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका-६ बस्ने ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारी साधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उनले बताए ।
प्रतिक्रिया