नाइजेरियामा काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु

प्रकाशित मिति: १ पुष २०८१, सोमबार १८:४५


एजेन्सी, पुष १ ।
मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताए । जेम्सले भने, ‘त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।’

मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताए । नाइजेरियामा डुङ्गा दुर्घटनाहरू प्रायः ओभर लोडिङ, खराब मौसमका कारणले गर्दा हुन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....