भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा कुटपिट, ६ जना युवा पक्राउ

प्रकाशित मिति: २ पुष २०८१, मंगलवार २१:०४


काठमाडाैं, पुष २ ।
भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरीमा कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त कुटपिटबाट भक्तपुरको सूर्यविनायक-१० चित्तापोलका २७ वर्षीय रञ्जित कार्की गम्भीर घाइते भएका छन् । प्रहरीले अचेत अवस्थामा रहेको भन्ने जानकारी पाएपछि तत्कालै प्रहरी वृत्त जगातीबाट टोली खटाई कार्कीलाई उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याएको थियो ।

थप उपचारका लागि उनलाई काठमाडौंको मेडिकल कलेज, सिनामंगल रिफर गरिएको र अहिले त्यहीँ उनको उपचार भइरहेको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार घटना अनुसन्धानका क्रममा कुटपिटमा संलग्न ६ जनालाई भक्तपुर-१० पाइपलाइन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूमाथि भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी प्रहरी वृत्त जगातीका सूचना अधिकारी ढुन्डीराज नेउपानेले दिए ।

पक्राउ परेका व्यक्तिहरूमा भक्तपुर-१० कमलविनायकका आशिख सिजखो, चाँगुनारायण-६ खरिपाटीका समिर नेपाली, काभ्रे पाँचखाल-१० घर भई हाल भक्तपुर छालिङमा बस्दै आएका साजन तामाङ र सञ्जिव तामाङ, सिन्धुली मरिण गाउँपालिका-२ घर भई हाल भक्तपुर खरिपाटी बस्दै आएका अशोक तामाङ र बारा घर भई हाल भक्तपुर खरिपाटी बस्ने सुमन तामाङ रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....