धापासीस्थित श्रेष्ठको घरमा लागेको आगलागी सात वटा दमकलको सहायताले नियन्त्रणमा

प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार २०:१८


काठमाडाैं, पुष ४ ।
काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घण्टाभन्दा बढी समय लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।

आगो नियन्त्रणका लागि ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

प्रहरीकाअनुसार आगलागीको कारण त्यसबाट भएको क्षतिबारे विवरण संकलन भइसकेको छैन ।

आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ । आज बिहीबार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....