लुक्ला विमानस्थल दुर्घटना : पाईलट राईको मृत्यु, एयर होस्टेस महर्जन काठमाडौं ल्याउन समस्या

काठमाडौं, जेठ १३ ।
लुक्ला विमानस्थलनजिक भएको गोमा एयरमा सवार तीन जना मध्ये पाइलट पारसकुमार राईको निधन भएको छ ।
दुर्घटनाग्रस्त भएको उक्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ ।
तेञ्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको दुर्घटनामा महर्जन घाइते भएकी थिइन् । सो सोही दुर्घटनामा परेका को–पाइलट सिर्जन मानन्धरको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार को–पाइलट मानन्धरको भने लुक्ला अस्पतालमा उपचार जारी रहेको छ ।
प्रतिक्रिया