आज साेमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।
भैँसेपाटी हनीट्रयाप प्रकरणमा संलग्न इन्स्पेक्टर बिनु शाही रु. पाँच लाख धराैटीमा रिहा

काठमाडाैं, पुष ८ ।
ललितपुर महानगरपालिका वडा नं.-१८ स्थित भैँसेपाटीकाे हनीट्रयाप प्रकरणमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही अन्ततः पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।
आइतबार बयानका निम्ति उनी आफैँ ललितपुर जिल्ला अदालत पुगेकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
भैँसेपाटी प्रभागकी प्रमुखसमेत रहेकी शाहीकै मिलेमतोमा एक व्यावसायीलाई हनी ट्रयापमा फसाएर २० लाख रुपैयाँ असुलेकाे भन्दै उनीविरुद्ध पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दायर गरिएको थियो ।
प्रभागबाट निलम्बन गरेर छानबिन सुरु भएपछि उनी भने सम्पर्क विहीन भएकी थिइन् । पछि अनुसन्धानमा समेत उनी फरार रहेको भन्दै मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया